दफा ३४
कारागारमा नाबालकको हेरचाह वा पालन पोषण
(१) कुनै बन्दीको निजले पालन पोषण गर्नु पर्ने नाबालक रहेछ र त्यस्तो नाबालकको पालन पोषण गर्ने अरु कोही रहेनछ भने निज थुना वा कैदमा रहुञ्जेल त्यस्तो नाबालकको सम्पूर्ण हेरविचार, शिक्षा, दीक्षा र पालन पोषणको व्यवस्था तोकिए बमोजिम कारागार कार्यालयले गर्नेछ।

(२) उपदफा (१). मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो नाबालकको - सम्पूर्ण हेरविचार, शिक्षा, दीक्षा र पालन पोषणको व्यवस्था गर्न कारागार प्रशासकले सम्बन्धित बन्दीको सहमति र प्रमुख जिल्ला अधिकारीको समन्वयमा बाल कल्याण सम्बन्धी काम गर्ने सरकारी संस्था वा सो प्रयोजनको लागि प्रचलित कानून बमोजिम स्थापना भएका सामाजिक संस्थाको जिम्मा लगाउन सक्नेछ।

(३) कारागार प्रशासकले कारागारमा रहेका पाँच वर्षभन्दा कम उमेरका नाबालकको लागि प्रारम्भिक बाल विकास सम्बन्धी योजना तयार गर्नु पर्नेछ। (४) उपदफा (३) बमोजिमको योजना तयार गर्ने र कार्यान्वयन गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम: हुनेछ।